logo-img

प्रतिनिधिसभाको आगामी बैठक १३ गते बस्ने

प्रतिनिधिसभाको बैठक आगामी असार १३ गते बिहीबार बिहान ११ गते बस्ने भएको छ ।   

आजको दैनिक कार्य सूचीमा रहेको क्रमसंख्या ६ को कार्यसूची हटाइएको जानकारी दिँदै सभामुख देवराज घिमिरेले अर्को बैठक असार १३ गते बिहीबार बिहान ११ गते बस्ने गरी स्थगित भएको जानकारी गराए । 

क्रमसंख्या ६ मा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि छलफल गरियोस्’ र ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । 





  • प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया