logo-img

लमजुङको बगुममा पहिरो, एकै परिवारका चार जना बेपत्ता

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका चारजना बेपत्ता भएका छन् । गएराति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएका हुन् ।  

पहिरोले रुद्रमान गुरुङ, उनकी बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका दुई छोरी इच्छा र नम्रता बेपत्ता भएको वडा सदस्य विनप्रसाद घलेले जानकारी दिए । 

अहिले बेपत्ताको खोजी भइरहेको छ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ । गएरातिकै पहिरोका कारण बेंसीशहर नगरपालिका–११, चिती स्याउतमा दुईजना घाइते भएका छन् । 

उनीहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा लमजुङ लगिएको प्रहरीले जनाएको छ । पहिरोकै कारण बेंसीशहर–मनाङ सडक पनि अवरुद्ध भएको छ । 





  • प्रकाशित मिति : असार १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया