logo-img

कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, एकजना घाइते
फाइल तस्बिर

पहिरोमा परी कास्कीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका तीन वर्षीय अनमोल सुनार रहेका छन् ।

मंगलबार राति करिब पौने २ बजेतिर घर पछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको हो ।  

त्यस्तै, पहिरोमा परी पोखरा–२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएकी प्रहरीले जनाएको छ ।

थप उपचारका लागि उनलाई गण्डकी मेडिकल कलेज पठाइएको छ । 





  • प्रकाशित मिति : असार १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया