logo-img

नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालले दिए गितार उपहार

नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बधाई तथा उपहार दिएका छन् । 

बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई दिँदै गितार उपहार दिएका हुन् ।

यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रम  आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका हरेक सुख दुःखमा आफू साथ रहनेसमेत बताए । 

उनले विजेता परियारको साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना उल्लेख गर्दै  निरन्तर साधनामार्फत देशको प्रतिष्ठा बढाउन मिहिनेत गर्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्री दाहाल सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : असार १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया