logo-img

कैलालीमा विद्यालय जाँदै गरेका तीन बालिका चट्याङ लागेर गम्भीर घाइते
फाइल तस्बिर

कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । 

घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ ।

घाइते हुनेमा १० वर्षीया खिमा कठायत, नौ वर्षीया सरस्वती भुल र सात वर्षीया पारु कठायत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर विष्टले जानकारी दिए । 

‘मोहन्याल आधारभूत विद्यालय बुदेनीको गेट नजिक उहाँहरूलाई चट्याङ लागेको रहेछ, उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । तीनैजना गम्भीर हुनुहुन्छ, बाँकी विवरण आउन बाँकी छ,’ विष्टले भने । 





  • प्रकाशित मिति : असार १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया