logo-img

परराष्ट्रमन्त्री र चिनियाँ उपविदेशमन्त्रीबीच भेटवार्ता, सीमा नाका सुचारु गर्नेबारे छलफल

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङले दुई पक्षीय शिष्टाचार भेट गरेका हुन् ।  

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

यस्तै, नेपालसँग जोडिएका सीमा नाकाहरू सुचारु गर्ने सम्बन्धमा समेत मन्त्री श्रेष्ठले  छलफल गरेका छन् । 





  • प्रकाशित मिति : असार १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया