logo-img

चलचित्र ‘मोदीबेनी’ को अफिसियल पोस्टर सार्वजनिक

आगामी १८ साउनमा रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ ।

पोस्टरमा अभिनेता अमरप्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ । यसबाट त्रिकोणात्मक कथा चलचित्रमा रहेको अनुमान लगाउन सकिन्छ । त्यस्तै, पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ ।

यसअघि अमर र वर्षाको क्यारेक्टर पोस्टर सार्वजनिक भएका थिए, जसमा अमरलाई ‘एङ्ग्री योङ म्यान’ र वर्षालाई रहस्यमय अवतारमा देखाइएको थियो । नयाँ पोस्टरको थिम ‘सर्कल थिम’मा रहेको छ, जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यहरूलाई घुमाइएको छ । रोचक र रहस्यमय कथा बोल्ने यस पोस्टरमा चलचित्रको शीर्षकलाई पनि सर्कल थिममा नै राखिएको छ । 

पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको कथामा त्यहाँको मात्र कथा नभइ नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशक शङ्कर कोइरालाले बताए ।

यस चलचित्रमा अमर, वर्षा, प्रवीण, रेजिना, दिलीप सहित सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् ।

चलचित्रका गीतमा शान भुसाल र एसडी योगीको सङ्गीत, राम अविरल बिस्ट र शान भुसालका शब्द रचना तथा स्वरूप राज आचार्य, एसडी योगी, एरिका खाती र विज्ञानी पराजुलीको स्वर रहेको छ । यसमा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल) को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।



ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेनमेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।



  • प्रकाशित मिति : असार १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया