logo-img

सरकारविरुद्ध सुनचाँदी व्यवसायी उत्रिए सडकमा [तस्बिरहरू]

काठमाडौंको न्यूरोडका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले सुन भन्सारमा गरेको कर वृद्धिको विरोधमा  व्यवसाय बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । बुधबार उनीहरूले न्यूरोड गेटदेखि बैंकले सुन आयातमा लगाएको कोटा र भन्सारमा वृद्धि गरेको कर वृद्धिका विरुद्धमा नारा लगाउँदै प्रदर्शन गरेका गरेका हुन् । 

उनीहरूले ‘तस्करलाई प्रोत्साहन हुने भन्सार वृद्धि नीति खारेज गर’, ‘हामी व्यवसायीहरू र कालिगडहरूलाई विस्थापित गर्न पाइँदैन’, ‘१५ प्रतिशत भन्सार दरबाट २० प्रतिशत भन्सार वृद्धि दर खारेज गर’, ‘पुरानै भन्सार दर लागु गर’, लगायतका प्लेकार्डहरू बोकेका थिए । 

राष्ट्र बैंकले दैनिक १० किलोसम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी व्यवस्था गरेको थियो  । तर यसमा पनि भन्सार बढेर २० प्रतिशत पुगेर महँगो पर्न गएको व्यापारीहरूको गुनासो छ । विरोध गरेका हुन् । 

कार्यक्रममा सहभागी काठमाडौं सुन –चाँदी व्यवसायीसँगको अध्यक्ष रोहिना देवी शाक्यले, राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा उत्रिएको बताइन् । १५ प्रतिशतमा ५ प्रतिशत थप गरेर भन्सार दर वृद्धि गर्नु उपभोक्ताको हित विपरीत भएकाले मारमा पारेको भन्दै तत्काल फिर्ता गर्न माग गरिन् । 

उनले भनिन्,‘हाम्रो राज्यले नीति निर्देशिका केही पनि जारी नगरेको कारणले हामी आन्दोलनमा आए हौँ । हामीलाई राज्यले नीति निर्देशिका चाँडो जारी गरोस् हामी त्यसमा बस्न तयार छौँ । र १५ प्रतिशतमा ५ प्रतिशत थप गरेर जुन भन्सार दर वृद्धि गरिएको छ । त्यो ५ प्रतिशत कम गरेर पहिला कै दरमा ल्याउनुपर्‍यो । यो उपभोक्ताको हित विपरीत भएकाले पनि धेरै मारमा पारेको छ ।’ 





  • प्रकाशित मिति : असार १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया