logo-img

टी–२० वरीयतामा एक स्थान माथि उक्लियो नेपाल

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार आइसिसी ट्वान्टी–२० को वरीयता सार्वजनिक गरेको छ । जसमा नेपालले एक स्थान सुधार गरेको छ। 

नयाँ वरीयतामा नेपाल १७औँ स्थानमा उक्लिएको हो। अमेरिका एक स्थान तल झर्दा शीर्षदेखि २० सम्मका अन्य टोली यथावत छन्।

नेपाल यसअघि १८औं स्थानमा थियो। यसअघि १७औं स्थानमा रहेको अमेरिका नयाँ वरीयतामा १८औं स्थानमा पुगेको छ । नयाँ वरीयतामा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता भने खस्किएको छ। 

आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र एक स्थान तल झरेका हुन्। उनी नयाँ वरीयतामा सातौँ स्थानमा पुगेका छन्। यसअघि उनी छैटौँ स्थानमा थिए ।

यसैगरी ब्याटिङ वरीयतामा ऐरी ४६औँ स्थामा छन् भने कप्तान रोहित पौडेल ६१औँ स्थानमा छन् । आशिफ शेख ७०औँ स्थानमा पर्न सफल भएका छन् ।

ट्वान्टी–२० बलिङ वरीयताको शीर्ष १०० मा भने नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी मात्रै अटाएका छन्। नयाँ वरीयतामा तीव्र गतिका बलर सोमपाल ९१औँ स्थानमा यथावत् छन्। 



स्पिनर दीपेन्द्र भने एक स्थान तल खस्किँदै ९७औँ स्थानमा पुगेका छन्। यसअघि उनी ९६औँ स्थानमा थिए ।



  • प्रकाशित मिति : असार १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया