logo-img

एसिसी महिला एसिया कप नेपाली टोलीमा को-को परे ?

एसिसी महिला एसिया कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना श्रीलंकामा हुने एसिया कपका लागि टोलीको घोषणा गरेको हो । 

इन्दु बर्माको कप्तानीमा रहने १५ सदस्यीय टोलीमा रुबिना क्षेत्री, सीता रानामगर, विन्दू रावल, कविता कुँवर, पुजा महतो, कविता जोशी र सम्झना खड्का समेटिएका छन् ।

त्यस्तै काजोल श्रेष्ठ, सब्नाम राई, राजमती ऐरी, ममता चौधरी, किर्तिका मरासिनी, रोमा थापा र डोली भट्ट पनि टोलीमा परेका छन् ।

जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुने महिला एसिया कपको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपालले युएईको सामना गर्नेछ। यो खेल जुलाई १९ मा हुनेछ ।

नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतको समाना गर्नेछ।





  • प्रकाशित मिति : असार १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया