logo-img

युरो कपमा जर्जियासँग उपाधि दाबेदार पोर्चुगल २-० ले स्तब्ध

युरो कप २०२४ मा जर्जियासँग उपाधि दाबेदार पोर्चुगल पराजित भएको छ । समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पोर्चुगल २–० ले पराजित भएको हो ।

यो हारका बाबजुद पोर्चुगल समूह विजेता बन्यो । यस खेलमा पोर्चुगलले आफ्नो दोस्रो रोजाइको टोलीलाई मौका दिएको थियो ।

जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा भएको खेलमा जर्जियाको जितमा क्विचा क्भारात्क्षेलिया र जर्जेस मिकाउताद्जेले एक/एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा क्भारात्क्षेलियाले जर्जियालाई सुरुआती अग्रता दिलाए ।  दोस्रो हाफको ५७ औं मिनेटमा जर्जियाले पेनाल्टीमार्पत गोल गर्यो । एन्टोनियो सिल्भाले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि जर्जियाले पेनाल्टीको मौका पाएको थियो ।  

समूह ‘एफ’ को अर्को खेलमा टर्कीले चेक रिपब्लिकलाई २–१ ले हरायो । योसँगै उसले अन्तिम १६ मा स्थान बनायो ।

पोर्चुगल र टर्की समान ६–६ अंकका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा रहे । पहिलोपटक युरो खेलिरहेको जर्जियाले ४ अंकसहित अन्तिम १६ मा स्थान बनायो । एक अंक जोडेको चेक रिपब्लिक भने समूह चरणबाटै बाहिरियो ।  





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया