logo-img

दक्षिण अफ्रिकाविरुद्ध संकटमा अफगानिस्तान, ५० रन जोड्दा गुमायो ९ विकेट

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले खराब ब्याटिङ गरेको छ । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले १०.२ ओभरमा ५० रन जोड्दा ९ विकेट गुमाएको छ ।

उसले यो अवस्थासम्म रहमानउल्लाह गुरबाज (शून्य), इबराहिम जाद्रान (२), गलबन्दिन नाइबन (९), मोहम्मद नाबी (शून्य), नङ्गेलिया खरोटे (२), अजमातुल्लाह उमरजाई (१०), करिम जनत (८), नूर अहमद (शून्य) र कप्तान राशिद खान (८) को विकेट गुमाएको हो । अफगानिस्तान पहिलोपटक विश्वकपको सेमिफाइनल खेलिरहेको हो । 

यस्तै, दक्षिण अफ्रिकाले १० वर्षपछि सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ । 
 





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया