logo-img

बेल्जियम युरो कपको नकआउट चरणमा, रोमानिया समूह विजेता

बेल्जियम युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्टटगार्ट एरेनामा बुधबार राति सम्पन्न खेलमा युक्रेनसँग गोलरहित बराबरीमा खेल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो ।

बेल्जियम समूह ‘इ’ को उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो । यो समूहमा रोमानिया तीन खेलबाट चार अंक जोड्दै विजेता बन्यो । स्लोभाकिया र युक्रेनको पनि समान चार अंक भए पनि रोमानिया र बेल्जियम गोलअन्तरमा शीर्ष दुईमा रहे । 

ड्यूश बैंक पार्कमा बुधबार राति सम्पन्न खेलमा स्लोभाकियालाई १–१ गोलको बराबरीमा रोक्दै रोमानिया नकआउट चरणमा प्रवेश गरेको हो । खेलको २४औं मिनेटमा जुराज कुक्काको पासमा ओन्द्रेज डुडाले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३७औं मिनेटमा रजवान मारिनले गोल गर्दै रोमानियालाई खेलमा फर्काए ।

उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक/एक अंक बाँडे । समूह ‘इ’ मा रोमानियाले तीन खेलबाट चार अंक जोड्यो । बेल्जियम, स्लोभाकिया र युक्रेनको समान चार अंक भए पनि रोमानिया गोलअन्तरमा शीर्ष स्थानमा रह्यो ।





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया