logo-img

कोपामा जमैकाविरुद्ध इक्वेडरको सहज जित, उक्लियो शीर्ष स्थानमा

कोपा अमेरिका फुटबलमा इक्वेडरले पहिलो जित निकालेको छ । बिहीबार बिहान सकिएको पहिलो खेलमा इक्वेडरले जमैकाविरुद्ध ३–१ गोल अन्तरको जित दर्ता गरेको हो ।

जितसँगै २ खेलमा ३ अंक बनाएको इक्वेडर गोल अन्तरका आधारमा समूह ‘बी’ को शीर्ष स्थानमा छ । इक्वेडरले जित निकाल्दा अग्रता भने उपहार गोलबाट लिएको थियो । जमैकाका केसइ पालमरले आफ्नै पोस्टमा १३ औं मिनेटमा गोल गरेपछि इक्वेडरले अग्रता लिएका थिए ।

पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा रे केन्ड्रे पेइजले गोल गरेपछि इक्वेडर २–० को सहज अवस्थामा पुगेको थियो ।

५४ औं मिनटमा मिचेल एन्टोनियाले जमैका लागि एक गोल फर्काए । तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलन स्टेभ गार्सियाले गोल गरेपछि इक्वेडर ३–१ को जितसहित ३ अंक लिन सफल भयो । 

जमैकाको भने यो लगातार दोस्रो हार हो । यो समूहमा भेनेजुएला र मेक्सिको पनि रहेका छन् । 





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया