logo-img

भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा, मेक्सिको पेनाल्टीमा चुक्यो

भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत आज बिहान भएको खेलमा मेक्सिकोलाई १–० ले हराउँदै भेनेजुएला क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा बल नियन्त्रण मेक्सिकोले बढी राखे पनि ऊ गोल गर्न असफल भयो । ५५ औं मिनेटमा मेक्सिकोका जुलियनले फउल गरेपछि भेनेजुएलाले पेनाल्टी प्राप्त गर्‍यो । उक्त पेनाल्टीलाई सालमन रोनडनले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए ।

८३ औं मिनेटमा भेनेजुएलाका मिगुएल नाभारोले फउल गरेपछि भारले चेक गरेर मेक्सिकोलाई पेनाल्टीको अवसर दिइएको थियो । तर, ८७ औं मिनेटमा गरेको पेनाल्टी प्रहार मिस भयो । 

मेक्सिकोका ओरविलन पेनेडाले प्रहार गरेको पेनाल्टी खेर गएको थियो । त्यसपछि खेलमा मेक्सिको फर्कन सकेन र अन्ततः भेनेजुएला १–० को जितका साथ तालिकामा ६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लियो । समूह चरणको अन्तिम खेलमा भेनेजुएलाले जमैकासँग खेल्दा मेक्सिकोले इक्वेडरसँग खेल्नेछ ।

त्यसअघि आजै भएको अर्को खेलमा इक्वेडरले पहिलो जित निकाल्यो । इक्वेडरले जमैकाविरुद्ध ३–१ गोल अन्तरको जित दर्ता गरेको हो । इक्वेडरले जित निकाल्दा अग्रता भने उपहार गोलबाट लिएको थियो ।

जमैकाका केसइ पालमरले आफ्नै पोस्टमा १३ औं मिनेटमा गोल गरेपछि इक्वेडरले अग्रता लिएका थिए । पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा रे केन्ड्रे पेइजले गोल गरेपछि इक्वेडर २–० को सहज अवस्थामा पुगेको थियो ।



५४ औं मिनटमा मिचेल एन्टोनियाले जमैका लागि एक गोल फर्काए । तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलन स्टेभ गार्सियाले गोल गरेपछि इक्वेडर ३–१ को जितसहित तीन अंक लिन सफल भयो । जमैकाको भने यो लगातार दोस्रो हार हो ।   



  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया