logo-img

बागमती प्रदेशसभा बैठक बस्दै, आजै बजेट पारित गर्ने तयारी

बागमती प्रदेशसभा बैठक आज पनि बस्दै छ । बिहान ११ः३० बजे प्रदेशसभा सचिवालय हेटौंडामा बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ ।

बैठकमा बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । बिहीबारको बैठकमा विभागीय मन्त्रीको जवाफपछि बजेटको संशोधन प्रस्तावमाथि छलफल सहित निर्णय गरिने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

प्रदेशसभा सचिवालयमा बजेटमाथि ९ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया