logo-img

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबारको जस्तै नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला सात सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको भन्दा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया