logo-img

‘सबैभन्दा गलत सूचनाको स्रोत संसद् बन्यो, सांसदको बोलीकै कारण लोकतन्त्र खतरामा पुग्यो’
तारानाथ दाहाल

फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले सबै भन्दा गलत सूचनाको स्रोत संसद् रहेको दाबी गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित ‘प्रमाणमा आधारित सूचनाको हकको प्रयोग र महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसदमा बोल्ने सांसदहरूको बोली सबैभन्दा गलत हुने एक अध्ययनले पुष्टि गरेको बताएका हुन् । 

उनले भने, ‘सबैभन्दा बढी मिसईन्फरमेसनको स्रोत संसद् हो । संसदमा बोल्ने सांसदहरूको बोली सबैभन्दा गलत हुँदो रहेछ । जे कुरा त्यहाँ उनीहरू दाबी गरेर बोलेका हुन्छन् । त्यसको आधार नहुने कुरा बेलायतको एक अध्ययनले देखाएको छ ।’

संसदमा बोल्ने सांसदहरूको बोलीकै कारण लोकतन्त्र खतरामा रहेको दाहालको भनाइ छ । प्रधानमन्त्री र मन्त्रीहरूले बोलेको कुरा प्रवाह गर्ने मात्र नभई त्यसको प्रमाणीकरण गरी तथ्य जाँच गर्नु पत्रकारिताको धर्म भएको उनको भनाइ छ । 

उनले अघि भने, ‘संसदमा बसेका मान्छेहरूले जे बोल्यो त्यही कुराले लोकतन्त्रमा खतरा छ । यसका लागि पनि हामीले लड्नुपर्छ । पत्रकारिताको धर्म पनि यही हो । पत्रकारले प्रहरी, प्रधानमन्त्री र मन्त्रीहरूले के भन्छन् त्यही मात्र लेख्ने होइन । त्यसलाई प्रमाणीकरण गर्ने हो । त्यसको तथ्य जाँच्ने हो, प्रमाण खोज्ने हो । त्यही प्रमाण खोज्नका लागि हामीले सूचनाको हक बनाएको हो । यस्तो गर्न सकियो भने पत्रकारितामाथिको सङ्कट पनि पर जान्छ । र समाजमा अन्याय पनि हुँदैन । त्यसो गर्न सकियो भने हामीले खोजेको उत्तरदायी समाज पनि निर्माण गर्न सकिन्छ ।’

नेपालमा कन्टेन्टका लागि लगानी नभएको कारण नेपाली मिडियाहरू आफूले पाएको सूचनालाई छिटो प्रवाह गर्ने स्थितिमा रहेको बताए । 



‘पत्रकारहरूलाई समय छैन होला सूचना माग्ने । किनभने नेपालमा कन्टेन्टमा लगानी नै छैन । जे पायो त्यही सूचनालाई छिटो प्रवाह गर्नुपर्ने स्थितिमा नेपाली मिडिया छ । नेपाली मिडियाहरू त खाली ‘फलानाका अनुसार’ र ‘फलानाले यस्तो भन्नुभयो’ भन्ने तरिकाको पत्रकारितामा छ ,’उनको भनाइ छ । 



  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया