logo-img

पाकिस्तानद्वारा चिनियाँ उद्योगलाई स्थानान्तरणको स्वीकृति

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चिनियाँ उद्योगलाई पाकिस्तानमा हस्तान्तरण गर्ने सम्बन्धमा चिनियाँ र पाकिस्तानी कम्पनीबीचको संयुक्त उद्यम परियोजनालाई स्वीकृति प्रदान गरेका छन् । 

लगानी मामिला बोर्डको महत्वपूर्ण बैठकको अध्यक्षता गर्दै सरिफले आन्तरिक तथा विदेशी लगानी प्रवर्द्धन सरकारको सर्वोच्च प्राथमिकता रहेको बताए ।

सरकारले व्यापारी तथा लगानीकर्तालाई व्यापार अनुकूल वातावरण प्रदान गर्न सबै सम्भव उपाय गरिरहेको उनको भनाइ छ । सरिफले विशेष आर्थिक क्षेत्र (सेज) मा संयुक्त उद्यम परियोजना स्थापना गर्न इच्छुक चिनियाँ र अन्य लगानीकर्तालाई सुविधा प्रदान गर्न विशेष आर्थिक क्षेत्रमा एक–स्टप–शपका लागि मस्यौदा कानूनको समीक्षा गर्न पनि निर्देशन दिएका छन् । 

चिनियाँ उद्योगजस्तै कपडा, छाला, जुत्ता र अन्यलाई पाकिस्तानमा स्थानान्तरण गर्ने महत्त्वपूर्ण सम्भावना रहेको, प्रधानमन्त्री सरिफले पहलको महत्त्वमाथि प्रकाश पारे । 

बैठकमा लगानी बोर्डका सचिवले चिनियाँ उद्योगलाई पाकिस्तानमा स्थानान्तरण गर्ने सम्बन्धमा चालिएको कदमबारे विस्तृत जानकारी दिएका थिए । 





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया