logo-img

निर्मल पुर्जालाई कारबाही नगर्न माओवादी सांसद मगरको आग्रह

नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आलेमगरले यौन दुर्व्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न आग्रह गरेका छन् । 

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आरोही मगरले विश्व रेकर्ड कायम गर्नुका साथै नेपालको नाम विश्वभर चिनाएको भन्दै सामान्य कारबाही हुनुपर्ने माग राखे । 

‘निर्मल पुर्जा मगर हिमाल आरोहण गर्ने सन्दर्भमा थुप्रै विश्व रेकर्डहरू कायम गरेको व्यक्ति । उसले आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरू ७ महिनामा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको छ,’ बैठकमा बोल्दै उनले भने,  ‘यस्तो व्यक्तिलाई पनि अहिले कारबाही गर्न लागिएको छ । उनीमाथि गरिने कारबाही तुरुन्त बन्द गरियोस् ।’

उनले निर्मल पुर्जालाई कारबाही गर्नेकुराको आफूले घोर भर्त्सना गर्नेसमेत बताए । उनले निर्मल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाउने कुरा बाहिर आइरहेको भन्दै आरोहण बन्देज गर्न नहुने बताए ।  





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया