logo-img

टी–२० विश्वकप : वर्षाका कारण रोकियो भारत र इङ्ल्यान्डबीचको खेल

वर्षाका कारण टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलअन्तर्गत भारत र इङ्ल्यान्डबीचको खेल रोकिएको छ ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरिरहेको भारतले ८ ओभरमा दुई विकेटको क्षतिमा ६५ रन बनाउँदा मैदानमा पानी परेपछि खेल रोकिएको हो ।

भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको छ । यसअघि नेपाली समय अनुसार राति सवा आठ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण निर्धारित समय भन्दा करीब एक घण्टा ढिलो गरी सुरु भएको थियो ।

भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै सेमिफाइनलमा पुगेको छ । उता इङ्ल्यान्ड समूह चरणमा अस्ट्रेलिया र सुपर८ मा दक्षिण अफ्रिकासँग हारेको छ ।





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया