logo-img

कोपा अमेरिका : घरेलु टोली अमेरिका पराजित

कोपा अमेरिका फुटबलमा घरेलु टोली अमेरिका पराजित भएको छ । शुक्रबार बिहान सकिएको खेलमा अमेरिका पानामासँग २–१ गोल अन्तरले पराजित भएको हो । अमेरिकाको पहिलो हार हुँदा पानामाको पहिलो जित भएको छ ।

जर्जियामा भएको खेलमा घरेलु टोली अमेरिका १८ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । टिमोथी वेहले फल गरेपछि भारको सहायतामा रातो कार्ड दिइएको थियो ।

१० खेलाडीमा समेटिए पनि अमेरिकाले २२ औँ मिनेटमा सुरुआती अग्रता लियो । फ्लोरेन जेरी बोलोगनले एन्टोनी रोविनसनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

१ गोलको अग्रता अमेरिकाले धेरैबेर भने जोगाउन सकेन । पानामका सिसर ब्ल्याकम्यानले २६ औँ मिनेटमा बराबरी गोल गरेका थिए । जोसे फजार्डो नेल्सनले अब्दिएल अरमान्डो आयार्जा बोकेनेग्राको पासमा ८३ औँ मिनेटमा गोल गरेपछि पानामा २–१ ले अघि बढेको थियो ।

८८ औँ मिनेटमा अडाल्बर्टो केराक्किलाले रातो कार्ड पाएपछि पानामा पनि १० खेलाडीमा समेटिएको थियो । जितसँगै पानामाले पहिलो ३ अंक जोडेको छ । समूह सीमा पानामा तेस्रो स्थानमा छ भने पराजित भएको अमेरिका समान ३ अंकका साथ दोस्रो स्थानमा छ । 

यही समूहमा उरुग्वे पनि तीन अंकका साथ शीर्ष स्थानमा रहँदा बोलिभियाभने अंकवीहिन हुँदै तालिकाको पुच्छारमा छ । 





  • प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया