logo-img

प्रधानमन्त्रीले दोहोर्‍याए- देशमा केही पनि भएन भन्ने भाष्य गलत, धेरै भएको छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही पनि भएन भन्ने भाष्य गलत भए पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् । 

शुक्रबार जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन उद्धत रहेको उल्लेख गरे । उनले कम्युनिष्टहरूले अब एकताबद्ध भएर त्यो भाष्य चिर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘अहिले जनतामा देखिएको नकारात्मक भावना चिर्न सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । कुनै पनि कालखण्डको कुरा गर्दा देशमा केही भएन भन्ने भाष्य गलत हो । धेरै भएको छ तर, जनताको आशा अपेक्षा अनुसार अझै भएको छैन । त्यो पनि सत्य हो । तर नकारात्मक कुरा गरेर रमाउने मात्र प्रवृत्ति कहीँ न कहीँ यस भाष्यलाई अगाडि बढाउन उद्धत छ । कम्युनिष्टहरूले अब एकताबद्ध भएर त्यो भाष्य चिर्न आवश्यक छ ।’

कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको दाबी गरे ।  





  • प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया