logo-img

निर्वाचन आयोगका प्रमुख आयुक्त भन्छन्- ‘स्वदेशमै मतदानको राम्रो व्यवस्था नगर्नेले विदेशमा रहेकालाई कसरी गर्लान् ?’

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदानको व्यवस्था देशमै राम्रो नगर्नेले विदेशमा रहेकालाई मताधिकार दिन्छु भन्नु सान्दर्भिक नहुने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित निर्वाचनमा आन्तरिक र बाह्य आप्रवासनको प्रभाव विषयक कार्यक्रममा उनले संविधानले प्रदान गरेको मतदान अधिकारलाई संविधानले सुनिश्चित गर्ने र त्यही अन्तर्गत बनेको कानुनले त्यसलाई ग्यारेन्टी नगर्ने व्यवस्थाबाट निकास निकाल्न नसकिने बताए ।

देशभित्र अथवा बाहिर रहेका कुनै पनि नागरिकको अन्तिम मतदाता नामावलीमा नाम छ । उसले आफ्नो वडामा गएर मत हाल्न सक्छ । एउटा गाउँपालिकामा जन्मिएर बाध्यतावस कुनै पेसा व्यवसाय वा रोजगारीका कारण अर्को ठाउँमा गएकालाई कसरी मतदानको व्यवस्था मिलाउन सक्छौँ भन्ने कुरा प्राथमिकतामा छ । तर, मतदानको व्यवस्था मिलाउन नसक्नेले संसारको जुनसुकै कुनामा भएका मानिसलाई पनि मताधिकार दिन्छु भनेर गुड्डी हाँक्दै हिँड्नु कत्तिको सान्दर्भिक होला ?,’ उनको प्रश्न छ ।

त्यस्तै, प्रमुख आयुक्त थपलियाले संविधानले प्रदान गरेको मतदान अधिकारलाई सुनिश्चित गर्ने त्यहीअन्तर्गत बनेको कानुनले त्यसलाई ग्यारेन्टी नगर्ने व्यवस्थाको निकास के हुने भन्ने पनि प्रश्न गरे । 

उनले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा मताधिकार दिने विषयमा राजनीतिक दलसँग छलफल भइरहेको भन्दै अहिले अधिकार दिइहाल्यो भने प्रतिनिधिसभाको समानुपातिकमा मात्र दिन सकिन्छ भन्ने निष्कर्षमा रहेको जानकारी दिए । 





  • प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया