logo-img

प्रधानमन्त्रीको दाबी : यस वर्ष किसानले समयमै मल पाउँछन्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस वर्ष पनि किसानलाई समयमै रासायनिक मल उपलब्ध हुने बताएका छन् । 

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यस वर्ष रासायनिक मलको राम्रो तयारीमा रहेको भन्दै मलको अभाव हुन नदिने बताए । 

‘पोहोर साल मलको खासै अभाव भएको सुनिएन । यस वर्ष पनि हामी रासायनिक मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइँदैन,’ प्रधानमन्त्री दाहालले भने ।  

चितवनका केरा किसानलाई बीमावापतको रकम उपलब्ध गराउन सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै उनले सकेसम्म चाँडो किसानका समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे । 

प्रधानमन्त्री दाहालले जनताले अनुभूति गर्नेगरी परिणाम दिन सरकार क्रियाशील रहेको पनि दाबी गरे । 





  • प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया