logo-img

शीतल निवास बाहिर रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

राष्ट्रपति कार्यालयले राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ र दही च्युरा खुवाउने कार्यक्रम आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेले उक्त रोपाइँ कार्यक्रममा सहभागी भई धान रोपेका छन् । उनीसँगै प्रथम महिला सबिता पौडेललगायतले  शीतल निवासमा रोपाइँ कार्यक्रममा सहभागीता जनाएका हुन् । 

असार १५  अर्थात् राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार बिहान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको सुरुवात गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेशा, श्रम सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको जानकारी पौडेल सचिवालयले गराएको छ ।  

‘पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भएपनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ।’ पौडेलले भने, ‘यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।’

 





  • प्रकाशित मिति : असार १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया