logo-img

कांग्रेस सभापति देउवा श्रीमतीसहित किन पुगे बालकोट ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  र सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

कांग्रेस सभापति देउवा ओलीलाई भेट्न पत्नी डा. आरजु राणा देउवासहित शनिबार दिउँसो बालकोट गएका थिए । हुन् । देउवा शनिबार दिउसो बालकोट पुगेका थिए । उनीहरूबीच तीन घण्टा छलफल भएको छ । 

भेटमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायत विषयमा छलफल भएको बताइएको छ । कांग्रेस र एमाले निर्वाचन प्रणाली सुधारको पक्षमा छन् । देशको समृद्धिका लागि प्रमुख दुई दल मिल्नुपर्ने बहस पनि चलिरहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धान दिवस मनाउन चितवन पुगेका बेला देउवा र ओलीबीच भएको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणको फाइल फेरि खोलेको छ । एमले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा र बिचौलिया बेचन झा पक्राउ परेका छन् । 

सो प्रकरणमा देउवापत्नी आरजु र पूर्वगृहमन्त्री मञ्जु खाणको नाम पनि मुछिएको छ । देउवा–ओली भेटलाई कतिपयले सो प्रकरणसँग जोडेर पनि हेर्ने गरेका छन् । 





  • प्रकाशित मिति : असार १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया