logo-img

विश्वकप फाइनल : भारतको तेस्रो विकेट पतन, सूर्यकुमार पनि सस्तैमा आउट

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले तेस्रो विकेट गुमाएको छ । भारतले तेस्रो विकेटको रूपमा सूर्यकुमार यादवलाई गुमाएको हो । 

उनले आज चार बलमा तीन रन मात्र बनाए । सूर्यलाई कागिसो रबाडाले ४.३ ओभरमा क्याच आउट गराएका हुन् । भारतले दोस्रो विकेटको रूपमा विकेटकिपर ऋषभ पन्तलाई गुमायो । उनी दोस्रो ओभरको अन्तिम बलमा केशव महराजको हातबाट क्याच आउट भए । 

यही ओभरको चौथो बलमा रोहित शर्मा आउट भए । उनी पनि महाराजको बलमा क्याच आउट भए । रोहितले आज ५ बलमा दुई चौकाको सहयोगमा ९ रन जोडे । बार्बाडोसस्थित केन्सिङ्टन ओवल मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले ५ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर  ३९ रन बनाएको छ ।   

भारत र दक्षिण अफ्रिकाले फाइनल खेलमा पनि प्लेइङ–११ मा कुनै पनि खेलाडी परिवर्तन गरेको छैन । जारी विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित छन् । भारतले १० वर्षपछि विश्वकप फाइनल खेलिरहेको हो । उसले पछिल्लोपटक सन् २०१४ को विश्वकपको फाइनल खेलेको थियो, जहाँ ऊ श्रीलंकासँग पराजित भएको थियो । 

भारतले हालसम्म एकपटक टी–२० विश्वकपको उपाधि जितेको छ । उसले डेब्यू विश्वकप अर्थात् सन् २००७ को संस्करणको उपाधि जितेको थियो । त्यसयता भारतले उपाधि हात पार्न सकेको छैन ।  दक्षिण अफ्रिका पहिलोपटक फाइनल खेल्न लागेको हो । ऊ यसअघिको विश्वकपमा सेमिफाइनलबाटै बाहिरिँदै आएको थियो ।  





  • प्रकाशित मिति : असार १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया