नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भा।तले पाँचौं विकेट गुमाएको छ । भारतले पाँचौं विकेटको रूपमा ओपनिङ ब्याटर विराट कोहलीलाई गुमाएको हो ।
उनी १८.५ ओभरमा मार्को यान्सनको बलमा क्याच आउट भए । कोहलीले आज ५९ बलमा ६ चौका र दुई चौकासहित ७६ रनको इनिङ खेले । विश्वकप २०२४ मा उनको यो पहिलो अर्धशतक हो । समग्र टी–२० आई करियरमा भने कोहलीको यो ३८औँ अर्धशतक हो ।
भारतले चौथो विकेटको रूपमा अलराउन्डर अक्षेर पटेललाई गुमायो । उनलाई १३.३ ओभरमा क्विन्टन डिककले रनआउट गरे । अक्षरले आज ३१ बलमा चार छक्का र एक चौकासहित ४७ रन बनाए ।
भारतले तेस्रो विकेटको रूपमा सूर्यकुमार यादवलाई गुमायो । उनले आज चार बलमा तीन रन मात्र बनाए । सूर्यलाई कागिसो रबाडाले ४.३ ओभरमा क्याच आउट गराएका हुन् ।
भारतले दोस्रो विकेटको रूपमा विकेटकिपर ऋषभ पन्तलाई गुमायो । उनी दोस्रो ओभरको अन्तिम बलमा केशव महराजको हातबाट क्याच आउट भए ।
यही ओभरको चौथो बलमा रोहित शर्मा आउट भए । उनी पनि महाराजको बलमा क्याच आउट भए । रोहितले आज ५ बलमा दुई चौकाको सहयोगमा ९ रन जोडे ।
भारत र दक्षिण अफ्रिकाले फाइनल खेलमा पनि प्लेइङ–११ मा कुनै पनि खेलाडी परिवर्तन गरेको छैन । जारी विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित छन् । भारतले १० वर्षपछि विश्वकप फाइनल खेलिरहेको हो । उसले पछिल्लोपटक सन् २०१४ को विश्वकपको फाइनल खेलेको थियो, जहाँ ऊ श्रीलंकासँग पराजित भएको थियो ।
भारतले हालसम्म एकपटक टी–२० विश्वकपको उपाधि जितेको छ । उसले डेब्यू विश्वकप अर्थात् सन् २००७ को संस्करणको उपाधि जितेको थियो । त्यसयता भारतले उपाधि हात पार्न सकेको छैन ।
दक्षिण अफ्रिका पहिलोपटक फाइनल खेल्न लागेको हो । ऊ यसअघिको विश्वकपमा सेमिफाइनलबाटै बाहिरिँदै आएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।