logo-img

विश्वकप फाइनल : भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य, कोहलीको उत्कृष्ट इनिङ

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।​ बार्बाडोसस्थित केन्सिङ्टन ओवल मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले  निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर विराट कोहलीले अर्धशतकीय इनिङ खेले ।  उनले आज ५९ बलमा ६ चौका र दुई छक्कासहित ७६ रनको इनिङ खेले । 

विश्वकप २०२४ मा उनको यो पहिलो अर्धशतक हो । समग्र टी–२० आई करियरमा भने कोहलीको यो ३८औँ अर्धशतक हो । यस्तै, अलराउन्डर अक्षर पटेलले ३१ बलमा चार छक्का र एक चौकासहित ४७ रन बनाए ।

त्यस्तै, शिवम दुबेले १६ बलमा तीन चौका र एक छक्कासहित २७ रनको पारी खेले । दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिक नोर्टजेले दुई/दुई तथा मार्को यान्सन  र कागिसो रबाडाले एक/एक विकेट लिए ।  



जारी विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित छन् । भारतले १० वर्षपछि विश्वकप फाइनल खेलिरहेको हो । उसले पछिल्लोपटक सन् २०१४ को विश्वकपको फाइनल खेलेको थियो, जहाँ ऊ श्रीलंकासँग पराजित भएको थियो । 

भारतले हालसम्म एकपटक टी–२० विश्वकपको उपाधि जितेको छ । उसले डेब्यू विश्वकप अर्थात् सन् २००७ को संस्करणको उपाधि जितेको थियो । त्यसयता भारतले उपाधि हात पार्न सकेको छैन ।  



दक्षिण अफ्रिका पहिलोपटक फाइनल खेल्न लागेको हो । ऊ यसअघिको विश्वकपमा सेमिफाइनलबाटै बाहिरिँदै आएको थियो ।  

  • प्रकाशित मिति : असार १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया