logo-img

बाढी–पहिरो–चट्याङबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १० पुग्यो

नेपालका विभिन्न क्षेत्रमा आज विपद्जन्य घटनामा परेर १० जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गुल्मी, बागलुङ र स्याङ्जामा पहिरोेमा पुरिएर नौजनाको मृत्यु भएको हो भने दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । 

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको छ । पहिरोले घर पुर्दा बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती र स्याङ्जामा आमाछोरीको मृत्यु भएको छ ।

यस्तै, दाङको राजपुर गाउँपालिका–२ मटेरियाकी ३९ वर्षीया भूमिसरा बुढा मगरको चट्याङ लागेर मृत्यु भएको जनाइएको छ । ती घटनाहरुमा तीनजना घाइते भएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । 

यस वर्षको मनसुन सुरु भएपछि विपद्जन्य घटनामा परेर ३८ जनाले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : असार १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया