logo-img

गाँजा तथा झाडी फडानीसँगै कोरिडोरको सफाइ

कोटदेवी विद्यानगर समाज सुधार समिति, कोटेश्वर-३२ ले नरेफाँट क्षेत्रमा गाँजा तथा झाडी फडानीसँगै सरसफाइको काम गरेको छ । 

उक्त समितिका अध्यक्ष देव चौलागाईँको अगुवाइमा सिसिआरसी कलेजदेखि मनोहरा पार्कसम्मको कोरिडोरमा सरसफाइ गरिएको हो । 

सरसफाइ कार्यक्रममा स्थानीयहरूसँगै स्थानीय संघसस्थाहरूको पनि सहभागिता रहेको थियो । त्यस्तै समुदाय प्रहरी साझेदारी अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरले समेत सरसफाइमा साथ दिएको अध्यक्ष चौलागाईँले जानकारी दिए । 

कार्यक्रममा नयाँ बानेश्वोर प्रहरी वृत्तका डिएसपी शिवराज बुढाथोकी, प्रहरी प्रभाग कोटेश्वोरका प्रमुख दलकुमार राई समेत सहभागी भएका थिए । 

कोरिडोर सफाइको लागी अमर श्रेष्ठले दुई वटा डोजर प्रयोग गर्न दिएर सहयोग गरेका थिए । कार्यक्रमपछि डोजर सहयोग गरेका श्रेष्ठसहित सरसफाइ कार्यक्रममा सहभागी भएकाहरूलाई अध्यक्ष चौलागाईँले धन्यवाद दिएका छन् । 





 

  • प्रकाशित मिति : असार १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया