logo-img

शान्ति स्थापना र संविधान निर्माणमा माधवजी भूमिका महत्वपूर्ण : देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा संविधान निर्माणमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

आइतबार नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले मुलुकमा शान्ति स्थापना गर्ने र संविधान निर्माण गर्ने सवालमा माधव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । 

उनले भने, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्न महत्वपूर्ण एजेण्डा हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति गहिरो प्रतिवद्धताका साथ नेकपा एसले महत्वपूर्ण कार्य गरेको छ । भविष्यमा पनि यसको निरन्तरता रहन्छ भन्ने विश्वास लिएको छु ।’

उनले थपे, ‘देशको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल होस् या संविधान निर्माण गर्ने सवाल होस् । माधवजीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।’ 





  • प्रकाशित मिति : असार १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया