logo-img

नेकपा एसको दस्ताबेजमा आफूलाई अस्थिर भनेपछि झोंक्किए प्रचण्ड
भन्छन्– म अस्थिर नभएको भए न शान्ति सम्झौता हुन्थ्यो न समृद्धिको नयाँ अभियान चल्थ्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अस्थिर नभएको भए समृद्धिको नयाँ अभियान सुरु नहुने दाबी गरेका छन् । आइतबार नेकपा एकीकृत समाजवादी पार्टीको दशौं महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेकपा एसको दस्तावेजमा आफूलाई अस्थिर भनेपछि जमेको पानीको पोखरी जस्तो भएर बस्नु माक्र्सवाद हो कि ? गडगडाउँदो नदीजस्तो भएर उर्लनु मार्क्‍सवाद हो ?’ भन्दै प्रश्न गरे । 

उनले भने, ‘मैले तपाईंहरुको दस्ताबेज पूरै हेर्न भ्याएको छैन । तर तपाईंहरुले विभिन्न राजनीतिक दलको मूल्यांकन गर्दा नजिकको मित्रका साथै प्रचण्ड अस्थिर भन्नुभएको छ । तपाईंलाई त्यो भन्ने अधिकारमा प्रश्न उठाउँदिनँ । शान्ति प्रक्रियापछि समृद्धिको नयाँ अभियान चलेको प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैनथ्यो । शान्ति सम्झौता पनि हुँदैनथ्यो । प्रक्रियामा यहाँ आइपुग्दैन थियौँ । जमेको पानीको पोखरीजस्तो भएर बस्नु मार्क्‍सवाद हो कि ? गडगडाउँदो नदीजस्तो भएर हुर्रिने माक्र्सवाद हो ?’

अहिले पनि भ्रष्टहरू गिरफ्तार गर्ने र मुद्दा चलाउने प्रक्रिया चलिरहेको भन्दै  भ्रष्टाचारविरोधी अभियानलाई पनि निस्तेज पार्ने प्रयासहरू भइरहेको उनको भनाइ छ । 

उनले भने, ‘मैले सरकारको नेतृत्व गरेदेखि नै भ्रष्टाचारविरुद्धको पहल बढाइराखेको छु । अहिले पनि भ्रष्टहरू गिरफ्तार हुने, तिनीहरूमाथि पनि मुद्दा चल्ने प्रक्रिया चलिरहेको छ । तर, यहाँ सबै भ्रष्ट मात्रै छन् भन्ने व्याख्या गरिएको छ । अहिले भ्रष्टाचारविरोधी अभियानलाई पनि निस्तेज पार्ने प्रयासहरू भइरहेका छन् ।’

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादी र माओवादी सुरुआतदेखि नै एउटै मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिरहेको पनि बताए ।





  • प्रकाशित मिति : असार १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया