logo-img

कन्सल्टेन्सी नवीकरणका लागि शिक्षा मन्त्रालयले माग्यो आवेदन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै एजुकेसन कन्सल्टेन्सी नवीकरणका लागि आवेदन माग गरेको छ ।

मन्त्रालयले गर्दै शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा तथा भाषा शिक्षण सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरुलाई नवीकरण गर्न आवेदन आह्वान गरेको हो । नवीकरणबापत प्रतिवर्ष तीन हजार रुपैयाँ मन्त्रालयको नाममा बैंकमा जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ । 

संस्थाहरुले नवीकरणका लागि अनलाइनमार्फत आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । पहिलो चरणमा १६ असार देखि ५ साउनसम्म संस्थाहरुले भरेका विवरण ६ साउनदेखि १२ सम्म भेरिफिकेसन गर्ने मन्त्रालयको योजना छ । 

उक्त सूचना भेरिफिकेसन भएपछि २७ साउनसम्म संस्थाहरुले इमेल मार्फत कागजात पेस गर्नुपर्ने हुन्छ । 

शैक्षिक परामर्श सेवालाई व्यवस्थित गर्नुपर्ने भन्दै यसअघि फरकधारले पटकपटक समाचार प्रकाशन गरेर दबाब दिँदै आएको थियो ।

हेर्नुहोस् यो पनि ...



विदेशी सम्बन्धनप्राप्त कलेज र कन्सल्टेन्सी : कहाँ पुग्यो मन्त्रालयको अनुगमन ?

शिक्षामन्त्रीको नजरमा विदेशी सम्बन्धनप्राप्त कलेज र कन्सल्टेन्सी, होला त कारबाही ? [भिडियोसहित]



कन्सल्टेन्सी सञ्चालन गर्न धरौटी : सराेकारवालाकाे असन्तुष्टि

ठगी गर्ने कन्सल्टेन्सीलाई कारबाही गर्छौँ : सचिव अधिकारी

सरकारी लापरबाहीका कारण कन्सल्टेन्सी क्षेत्रमा बढ्दै छ अपराध

  • प्रकाशित मिति : असार १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया