logo-img

देउवाले बोलाए पदाधिकारी बैठक, के छन् एजेन्डा ?
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले सोमबार अपरान्ह ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएका हुन् । 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएकोलगायत विषयमा छलफल हुने बताइएको छ । 

कांग्रेसले गत पुसमा ६ महिनाभित्र महाधिवेशन गर्ने गरी भ्रातृ संस्थाको म्याद थप गरेको थियो । तर, तोकिएको समयमा भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न सकेका छैनन् ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा भ्रातृ संस्थाको म्याद के गर्ने भन्नेबारे छलफल केन्द्रित हुनेछ । 
 





  • प्रकाशित मिति : असार १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया