logo-img

प्रतिनिधिसभामा मन्त्री अनुपस्थित, बैठक स्थगित

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । बैठक सुरु भएपछि सांसद रामकृष्ण यादवले सदनमा मन्त्रिपरिषद्को सदस्य र मन्त्री कसैको पनि उपस्थिती नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक १५ मिनेटको लागि स्थगित भएको हो । 

बैठकमा उनले भनेका थिए, ‘बैठक सुरु हुनको लागि मन्त्रिपरिषद्को एकजना पनि सदस्य, मन्त्री अनिवार्य उपस्थितीको व्यवस्था छ । यो बैठकमा कसैको पनि उपस्थिती नभएको कारणले गर्दा ध्यानाकर्षण गर्न चहान्छु ।’

त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।  





  • प्रकाशित मिति : असार १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया