logo-img

सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि

साताकाे दाेस्राे दिन सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि भएको छ । अघिल्लो दिन १४.८३ अंकले घटेर नेप्से २ हजार ३७.०९ विन्दुमा ओर्लिएको थियाे । सोमबार ०.८० प्रतिशतले बढ्दै २ हजार ५३.३८ विन्दुमा उक्लिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार भने घटेको छ । सोमबार २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । अघिल्लो दिन ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको थियो । 

सोमबार फाइनान्स र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक २.०४ प्रतिशतले बढेको छ भने सोमबार  विकास बैंक समूहको उपसूचक १.३१ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक भने १ प्रतिशत कमले बढेका छन् । 

सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने  ६० कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।  





  • प्रकाशित मिति : असार १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया