logo-img

पदाधिकारी बैठकमा देउवा : ओलीसँग सकारात्मक कुराकानी भइरहेको छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरेका छन् । 

आफ्नै निवास बुढानिलकण्ठमा जारी कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता बारे बिफ्रिङ गर्दै उनले यस्ताे बताएका हुन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस–एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ । 

बैठकमा देउवाले ओलीसँग भएको कुराकानीको ब्रिफिङ गर्दै कांग्रेस बैठकमा सहभागी एक पदाधिकारीले कांग्रेस–एमालेबीच सत्ता सहकार्यकाे कसरत भइरहेकाे संकेत गरे । 





  • प्रकाशित मिति : असार १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया