logo-img

ओलीलाई थमाउने प्रचण्डको अन्तिम प्रयास, बाह्य चासो ख्याल गरेर निर्णय लिने ओलीको जवाफ

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गठबन्धनमा थमाउन अन्तिम प्रयास गरेका छन् । ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शनिबार आफ्नै निवास बालकोटमा बोलाएर लामो छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले सोही बेलुका ओलीसँग टेलिफोन वार्ता गरेका थिए ।

त्यतिले चित्त नबुझेपछि उनले आइतबार र सोमबार ओलीसँग लामो छलफल गरे । छलफलका क्रममा प्रचण्डले आफू सबै असहमति सम्बोधन गर्न तयार रहेको बताएका थिए । आफू अब बढीमा सात आठ महिना मात्रै प्रधानमन्त्रीमा बस्ने भन्दै प्रचण्डले त्यसपछि वर्तमन गठबन्धनबाटै प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बुझिएको छ । 

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू राजनीतिक नियुक्तिका लागि पनि हदैसम्म लचक हुन तयार रहेको वचन दिएका थिए । कांग्रेससँग मिलेर सरकार बनाउन सहज नहुने भन्दै उनले अहिले प्रधानमन्त्रीमा नियुक्त भए पनि ३० दिनभित्र विश्वासको मत लिन गाह्रो हुने बताएका थिए । 

त्यसपछिको परिस्थितिमा आफूले साथ दिन नसक्ने भन्दै प्रधानमन्त्री दाहालले त्यसपछि सबैभन्दा ठूलो दलको नेताको हैसियतले देउवा प्रधानमन्त्री हुने र उनले पनि विश्वासको मत नपाए मुलुक मध्यावधिमा जाने तर्क गरेका थिए । 

जवाफमा ओलीले नेपालको आन्तरिक राजनीति र बाह्य चासो समेतलाई ख्याल गरेर निर्णय लिने बताएका थिए । सोमबार साँझ ओलीले आफ्नो दलबाट सरकारमा नेतृत्व गरेका रघुवीर महासेठसँग छलफल गरेका छन् । सुरुमा उनले सबै मन्त्रीलाई आफ्नो निवासमा बोलाएका थिए । तर, सञ्चारमाध्यममा त्यसको प्रचार भएपछि उनले महासेठ मात्रैलाई बोलाएर छलफल गरेका हुन् । 





  • प्रकाशित मिति : असार १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया