logo-img

कांग्रेस र एमालेबीच सहमतिको मस्यौदा तयार, हस्ताक्षरका लागि बालकोट जाँदै देउवा
संविधान संशोधन गर्ने विषयमा पनि दुई दल सहमति नजिक

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरणका विषयमा लगभग टुंगो लागेको छ । एमालेका नेताहरूसँग छलफल टुंग्याएर कांग्रेस नेताद्वय रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की बूढानीलकण्ठ पुगेका छन् ।

कांग्रेसका लेखक र कार्कीले नेकपा एमालेका नेताहरूसँग सहमतिको मस्यौदा तयार गरेर सभापति देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । 

एमालेसँगको सहमतिको मस्यौदा लगभग तयार भएको र अब सभापति देउवासहित नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जाने तयारीमा रहेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिएका छन् । 

नयाँ समीकरण बनाएर संविधान संशोधन गर्ने विषयमा पनि दुई दल सहमति नजिक पुगेका छन् । दुई दलबीच संविधान संशोधन गरेर स्थानीय तहको संख्या घटाउनले विषयमा छलफल भएको छ ।

त्यस्तै, राष्ट्रिय सभामा समानुपातिक व्यवस्था गर्ने, राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारी उपराष्ट्रपतिलाई दिने, प्रदेशको संख्यामा पुनरवलोकन गर्ने, प्रदेशको समानुपातिक व्यवस्था खारेज गर्ने, प्रदेश प्रमुखलाई केन्द्रबाट तोक्नेलगायत विषयमा छलफल भएको छ । 
 





  • प्रकाशित मिति : असार १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया