logo-img

राष्ट्रपतिलाई भेट्न देउवा र ओली शीतलनिवासमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनीहरू शीतलनिवास पुगेका हुन् । 

दुई ठूला दलबीच नयाँ सत्ता समीकरणको सहमतिपछि सरकार गठनको प्रक्रिया पूरा गर्न उनीहरू शीतल निवास पुगेको बताइएको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्वस्थताका कारण घरमै आराम गरिरहेका थिए । ओलीको आग्रहपछि उनी पनि राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका हुन् ।  

दुई दलबीच एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । राष्ट्रपतिसँग आवश्यक परामर्श गरेर मंगलबार नै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी छ । 

कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखक, एमालेबाट महासचिव शंकर पोखरेलसहितका नेताले दुई दलबीचको सहमतिको बुँदा टुंग्याएका थिए ।

शीतलनिवासमा कांग्रेसबाट सभापति देउवासहित नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट अध्यक्ष ओली, महासचिव शंकर पोखरेललगायत नेता सहभागी छन् । 



एमालेले समर्थन फिर्ता लिएपछि संविधानको धारा ७६ को २ अनुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल पुगेका हुन् । 

देउवाले संसदको पहिलो दलको हैसियतमा संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेकाले राष्ट्रपति पौडेलसँग परामर्श गरेर  धारा ७६ को २ अनुसार नै सरकार गठनको प्रक्रिया अगाडि बढाउन उनीहरूले राष्ट्रपतिलाई आग्रह गर्ने बुझिएको छ । 



  • प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया