logo-img

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, एमालेसँगको सहमति अनुमोदनको तयारी
फाइल तस्बिर

नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठक बिहान ९ बजे बस्न लागेको हो ।

बैठकमा सत्ता साझेदारीका लागि कांग्रेस र एमालेबीच भएको सहमतिबारे छलफल हुने बताइएको छ । बैठकले एमालेसँग भएको सहमतिलाई पदाधिकारी बैठकले अनुमोदन गर्ने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  

सोमबार मध्यराति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो । सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् ।

यद्यपि सहमतिलाई अन्तिम रूप दिन बाँकी छ । 





  • प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया