logo-img

प्रधानमन्त्री दाहालले राजीनामा नदिने, विश्वास मतको सामना गर्ने
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा नदिने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बिहान बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा नदिने बताएका थिए ।  

उक्त बैठकले उनले बरु विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद् फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ,’ पौडेलले भने, ‘पार्टीले पनि विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, कांग्रेससँग पनि र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’

सोमबार मध्यरातमा एमाले–कांग्रेसबीच सहमतिको नयाँ सरकार बनाउन सहमति भएको थियो । यद्यपि सहमतिको खाका भने सार्वजनिक गरिएको छैन । 

प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी बनेको बताइएको छ ।





  • प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया