logo-img

विदेशी सम्बन्धन प्राप्त कलेजहरुको अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थाहरूको अध्ययन गर्न गठित विज्ञ समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले मंगलबार ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थाहरूको अध्ययनका लागि गठित विज्ञ समितिको प्रतिवेदन, २०८१’ सार्वजनिक गरेको हो ।

शिक्षामन्त्री सुमना श्रेष्ठले गत १४ वैशाखमा पूर्वसचिव शंकर कोइरालाको नेतृत्वमा उच्चस्तरीय अध्ययन समितिले गठन गरेकी थिइन् । उक्त समितिले विदेशी सम्बन्धन प्राप्त कलेजहरूको आवश्यक अध्ययन गरेर मन्त्री श्रेष्ठ जेठ ३२ गते प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनले विदेशी सम्बन्धनप्राप्त कलेजहरूमा बेथितिको चाङ रहेको देखाएको छ । प्रतिवेदनले मन्त्रालयले कलेजहरूको नियमित अनुगमन नगरेको उल्लेख गरेको छ भने कलेजहरूले निर्देशिकाबमोजिम छात्रवृत्ति प्रदान गर्ने कार्य व्यवस्थित नरहेको जनाइएको छ ।

निर्देशिकाबमोजिम शिक्षण संस्थाको विधान, प्रबन्धपत्र र नियमावली संशोधन तथा बाह्य परीक्षाको जानकारी मन्त्रालयलाई दिनुपर्ने र शिक्षण संस्थाले लिने शुल्कको विवरण प्रत्येक शैक्षिक वर्षको सुरुमा अनिवार्य रुपमा मन्त्रालयमा पेस गर्नुपर्ने व्यवस्था भए पनि उक्त व्यवस्थाको कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै धरौटी रकम शिक्षण संस्थाले संस्थाकै नाममा मुद्दती खातामा राख्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, प्रतिवेदनमा वर्ल्ड र्याङ्किङमा पाँच सयभित्र परेका विदेशी विश्वविद्यालयको कार्यक्रम मात्रै नेपालमा पढाउन दिनुपर्ने सुझाब दिइएको छ । अहिले एक हजार वर्ल्ड र्याङ्किङ भएका कलेजलाई मात्रै अनुमति दिने कानुनी व्यवस्था छ । उक्त प्रावधान पनि ४८ वटा कलेजले पुरा गरेका छैनन् ।

नेपालका विश्वविद्यालयहरुमा पढाई हुने कार्यक्रम चलाउन पर्यो भने पाँच सय र्याङ्किङको हनुपर्ने र नेपालमा पढाइ नहुने र्काक्रम सञ्चालन गर्ने हो भने विश्व र्याङ्किङ​मा हजारभित्र परेको विश्वविद्यालयको कार्यक्रम मात्रै सञ्चालन गर्न दिनु पर्ने सुझाब प्रतिवेदनले दिएको छ ।





  • प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया