logo-img

राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै देउवाले बाेलाए ओली र दाहालसहितकाे बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर मंगलबार हुने बैठकमा सहभागी हुन आग्रह गरेका हुन् ।

अर्थमन्त्री वर्षमान पुनका अनुसार देउवाले राष्ट्रिय सरकार बनाउने भन्दै प्रधानमन्त्रीलाई तीन दलका शीर्ष नेताको बैठकमा बोलाएका हुन् । ‘देउवाजीले राष्ट्रिय सरकार बनाउने भन्दै तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ, हाम्रै नेतृत्वमा राष्ट्रिय सरकार हो कि अर्को हो ? त्यसमै कुराकानी होला ।’

उनले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई नयाँ गठबन्धनबारे औपचारिक रूपमा जानकारी नगराएकाे बताएका छन् । ओलीले मंगलबार बिहान प्रधानमन्त्रीसँग भेट गरेका थिए । 

साे भेटमा उनले प्रधानमन्त्रीसँग राष्ट्रिय सरकार बनाउने कोसिस गरेको बताएको पुनले जानकारी दिए । प्रधानमन्त्रीलाई उद्धृत गर्दै ‘राष्ट्रिय सरकार बनाउने प्रयास हो । अरु धेरै केही होइन भनेर ओलीजीको भन्नुभएको रहेछ ।’





  • प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया