logo-img

देउवाले किन बोलाए आफ्नै निवासमा विपक्षी पाँच दलको बैठक ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानीलकण्ठमा विपक्षी पाँच दलको बैठक राखेका छन् । देउवाले विपक्षी गठबन्धनमा रहेका दलहरूसँग अहिले छलफल गरिरहेका छन् ।

बैठकमा कांग्रेससहित जसपा नेपाल, लोसपा नेपाल, राप्रपा, जनमोर्चालगायत दलहरू सहभागी छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेसँग गठबन्धन बनाएपछि बाँकी दलको विपक्षी गठबन्धन बनेको थियो । 

कांग्रेसका सभापति देउवाले सोही गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका हुन् । सोमबार एमाले–कांग्रेसबीच नयाँ गठबन्धन बनेपछि त्यसको ब्रिफिङ गर्न र सत्ता सहकार्यलगायतको विषयमा छलफल गर्न उनीहरूलाई आफ्नो निवासमा बोलाएका हुन् ।

माओवादी केन्द्रसँगको सत्ता गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गर्न एमाले तयार भएपछि कांग्रेस–एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमति भएको छ । पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

त्यसैगरी, सात प्रदेशमध्ये ६ प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस र एमालेले तीन–तीनवटा सरकारको नेतृत्व पाउने सहमति भएको छ । मधेस प्रदेशको हकमा भने सो प्रदेश मधेसवादीमध्येको कुनै दललाई दिने सहमति भएको छ । 





  • प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया