logo-img

धार्मिक सभामा भागदौड मच्चिँदा एक सय २० जनाको मृत्यु

भारतमा एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिँदा एक सय २० जनाको मृत्यु भएको छ । उनीहरू उत्तर प्रदेशको हाथरस जिल्लाको रतिभानपुर मुगलगढी गाउँमा लोकप्रिय प्रचारकको प्रवचन सुन्न आएका थिए । 

मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधी आएपछि भागदौड मच्चिएको थियो । सोक्रममा कैयौँ मानिस घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।
    
एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र भागदौडका क्रममा सडक किनारको नालीमा खसेर केही मानिस मृत्यु भएको थियो । मृतकमध्ये अधिकांश महिला रहेका छन् । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । 

सन् २००८ मा पनि उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुई सय २४ तीर्थयात्रीको मृत्यु भएको थियो भने चार सयभन्दा धेरै घाइते भएका थिए ।





  • प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया