logo-img

राष्ट्रियसभा बैठक : आज पनि मन्त्रालयगत बजेट शीर्षकमाथि छलफल
फाइल तस्बिर

संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ । दिउँसो सवा १ बजेदेखि सुरु हुने बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत बजेट शीर्षकमाथि छलफल जारी रहने भएको छ ।  

बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, गृह, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि छलफल हुने कार्यसूची छ । 

यस्तै, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र राष्ट्रिय योजना आयोगको कार्यालयको बजेट शीर्षकमाथि पनि छलफल हुनेछ ।

त्यस्तै, बैठकमा आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश र अभिलेख संरक्षण पहिलो संशोधन विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया