logo-img

कांग्रेस-एमालेबीच गजबको सहमति बन्यो, अब देशलाई स्थायित्व दिन्छौँ : प्रवक्ता महत

नेपाली कांग्रेसले नेकपा एमालेसँग सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको छ । 

बुधबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीलाई स्वागत गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् । 

उनले भने, ‘हिजो पदाधिकारी बैठकले नेपाली कांग्रेस र एमाले पार्टीबीच सहकार्य  गर्ने समझदारी भएको थियो । सरकार निर्माण गर्ने सम्बन्धमा त्यसलाई स्वागत गर्‍यो । र समर्थन गर्‍यो । दुई दलको नेताहरूकोबीच जुन समझदारी भएको थियो ।’ 

देशलाई स्थायित्व दिन कांग्रेस-एमालेबीच गजबको सहमति जुटेको बताउँदै उनले अगाडि थपे, ‘देशलाई स्थायित्व दिनको लागि देशमा सुशासन आर्थिक समृद्धितर्फ लैजान यो सहकार्य गर्ने मुद्दामा सहमत अन्य दललाई पनि जोड्ने छौँ । नयाँ सरकारको नेतृत्व सुरुमा एमालेका अध्यक्ष केपी ओलीको रहने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म सरकारको नेतृत्व देउवाले गर्ने मूल समझदारी हो ।’ 





  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया